बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला अदालत रुपन्देहीमा तारेख लिएका छन् ।
उनले भने, ‘उक्त मुद्दामा दुवै जनाले आज साँझ अबेरतिर तारेख बुझ्नुभएको छ ।’
उच्च अदालत तुलसीपुरको आदेशबाट धरौटीमा छाड्ने आदेश दिएपछि हालै लामिछाने र जोशी कारागारबाट छुटेका थिए, उक्त मुद्दाको तारेख माघ १८ गते तोकिएको छ । यसअघि आजै लामिछानेले चितवन अदालतमा पनि तारेख बुझेका थिए ।








