राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कुरा नमिलेपछि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले आफूले छुट्टै पार्टी हाँक्ने तयारी गरेका छन्। लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीको नेतृत्व आफूले सम्हाल्ने उनले बुधबार निकटस्थहरूलाई बताएका छन्।
सोमबार राति रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच लामो वार्ता भएको थियो। निकटस्थहरूले यसलाई ‘सुखद सुरुवात’ पनि भनेका थिए। तर, सो वार्तामा शक्ति बाँडफाँटमा कुरा नमिलेको, रविले बालेनलाई होच्याउने गरी प्रस्ताव गरेको र रविले लगत्तै बोली फेरेको बालेन पक्षको आरोप छ।








