गृहपृष्ठ Featured भारतको कर्नाटकमा ट्रकसँग बस ठोकिँदा भीषण आगलागी : ११ जनाको मृत्यु

भारतको कर्नाटकमा ट्रकसँग बस ठोकिँदा भीषण आगलागी : ११ जनाको मृत्यु

भारतीय राज्य कर्नाटकको चित्रदुर्ग जिल्लामा बिहीबार बिहान बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय राजमार्ग-४८ मा भएको दुर्घटनामा २४ जना घाइते भएका छन्।

चित्रदुर्गका जिल्ला मजिस्ट्रेट (डीसी) ले बीबीसी हिन्दीसँग भनेका छन्, ‘दुर्घटना बिहीबार बिहान करिब २ बजे भएको थियो। बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस आउँदै गरेको ट्रकसँग ठोकिएको थियो, जसका कारण बसमा आगो लागेको थियो।’

‘बस ३२ जना यात्रु बोकेको स्लिपर कोच थियो। अहिलेसम्म हामीले ११ जनाको शव पहिचान गरेका छौँ र सबै घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।’

घटनास्थलको तस्बिरले दुर्घटना भयानक देखाउँछ।

दुर्घटनास्थल :

सम्बन्धित् समाचार