गृहपृष्ठ Featured कुलमान घिसिङले भने- नयाँ शक्तिहरूको एक हुन्छौँ

कुलमान घिसिङले भने- नयाँ शक्तिहरूको एक हुन्छौँ

काठमाडौं ।

ऊर्जामन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनबाट नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु हुनुपर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टीको औपचारिक उद्घाटन समारोहमा बोल्दै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘सबैले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नुभएको छ। नयाँ शक्ति र नेतृत्वको टिम अगाडि बढ्नुपर्छ। नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्छ।’

नयाँ शक्तिहरू एकताबद्ध भएर एक भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए।
उनले आज बिहान मात्रै काठमाडौंका मेयर बालेन साहसँग भेट गरेका थिए। कुलमानलगत्तै मिल्नको लागि बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। यी ती शक्ति एकैठाउँमा ल्याउने गृहकार्य भइरहेको छ।

सम्बन्धित् समाचार