गृहपृष्ठ Featured रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्।

बिहीबार उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारलाई आफू बयान दिन जाने बताएका हुन्।

आयोगले लेखकलाई शुक्रबार बयान दिन आउनू भन्दै मंगलबार पत्र पठाएको थियो। पत्र पाएपछि लेखकले आगामी सोमबार बयान दिन जाने बताएका हुन्।

‘आयोगले भदौ २३ र २४ गतेका घटनाका बारेमा जानकारी लिन मलाई बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु। उहाँहरूले शुक्रबारलाई बोलाउनु भएको रहेछ। म सोमबार बयान दिन आउँछु भनेको छु,’ लेखकले भने।

बयान दिन जाने विषयमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग के सल्लाह भएको छ? भन्ने प्रश्नको भने उनले जवाफ दिएनन्।

सम्बन्धित् समाचार