काठमाडौं ।
चन्द्रमाको सतहमा रहेका खाडलहरूले अन्तरिक्षयान वा स्याटेलाइटहरूका लागि बिसर्जनस्थलको काम गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
चन्द्रमाको कक्षमा पठाइएका निष्क्रिय (मृत) स्याटेलाइटहरू र अन्य हार्डवेयरलाई ती खाडलहरूमा फाल्न सकिने अनुसन्धानकर्ताहरूको भनाइ छ । यद्यपि, तिनलाई यस्ता खाडलहरूमा फाल्दा ती स्थानहरू सांस्कृतिक र वैज्ञानिक रूपमा महत्त्वपूर्ण नहुन् भन्ने कुरामा ध्यान दिइने बताइएको छ ।
आगामी दुई दशकमा चन्द्रमाको चक्कर लगाउने स्याटेलाइटहरूको संख्या ह्वात्तै बढ्नेछ । यसको मुख्य कारण स्पेस एजेन्सीहरू र निजी कम्पनीहरूले चन्द्रमामा बेस निर्माण गरिरहेका हुनु हो । साथै बाँझो भूमिमा खनन कार्य र वैज्ञानिक उपकरणहरूको दोब्बर संख्यामा निर्माण भइरहेको हो ।
यस्तो अवस्थामा नेभिगेसन र सञ्चारका लागि चन्द्रमामा ठूलो संख्यामा स्याटेलाइटहरू पठाइनेछन् । तर, जब यी स्याटेलाइटहरूको इन्धन सकिन्छ, तब स्पेस एजेन्सीहरूले तिनलाई चन्द्रमाको सतहमा तीव्र गतिमा खसाल्नेछन्, जसका कारण ती साना–साना टुक्रामा परिणत हुनेछन् ।








