शिवराज नगरपालिका ६ स्थित पिपरी मा रहेको विजय श्री स्टिल प्राइभेट लिमिटेडमा कार्यरत सडवा निवासी वर्ष २२ का राज कुमार चौधरीको मृत्यु भएको हो । चौधरीलाई आज दिउँसो २ बजे कम्पनी कै काम गर्ने बेलामा करेन्ट लागेको हो ।
करेन्ट लागेर अचेत अवस्था मा रहेको उन्लाइ उपचारका लागि बुटवल लगिए तापनि उनको उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जानकारि दिएको छ ।
कम्पनीले मृतकका परिवारलाई रु , नौ लाख रुपैया दिने सम्झौता गरेको छ ।
शव पोस्ट माट्म पछि पारिवारिक स्रोतले बुझेको स्थानिय बासी घनश्याम क्रुमीले जानकारी दिनु भएको छ ।