राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार राति भएको निर्णायक भनिएको वार्ता बिनानिष्कर्ष सकिएको छ।
आइतबार राति भएको वार्ता निचोडमा नपुगेको बालेननिकट एक नेताले जानकारी दिए। तथापि वार्ता आज (सोमबार) पनि जारी रहने उनले बताए।








