गृहपृष्ठ अन्तरास्ट्रिय खबर हमासका सैन्य शाखाका प्रवक्ता आबेदाको ज्यान गएको समूहद्वारा पुष्टि

हमासका सैन्य शाखाका प्रवक्ता आबेदाको ज्यान गएको समूहद्वारा पुष्टि

हमासको सशस्त्र शाखाले आफ्ना प्रवक्ता अबु ओबेदाको ज्यान गएको पुष्टि गरेको छ । एजेदिन अल–कसम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा भिडियो वक्तव्य जारी गर्दै महान कमान्डर र सैन्य शाखा (कासम ब्रिगेड) का प्रवक्ता अबु ओबेदाको अगस्टमा शाहदत भएको र उहाँप्रति श्रद्धा व्यक्त गर्दै शोकसन्तप्त सबैमा समवेदना व्यक्त गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलले यसअघि अगस्ट ३० मा गाजामा भएको आक्रमणमा अबु ओबेदालाई मारेको घोषणा गरेको थियो । युद्धको समयमा ओबेदा भनिने हुदैफा समीर अल–काहलउट हमासको सैन्य शाखाका गाजा साथै अरब र अन्तर्राष्ट्रिय मिडियाले आधिकारिक धारणाका लागि उत्सुकतापूर्वक प्रतिक्षा गर्ने केन्द्रीय व्यक्तित्वको रूपमा चिनिनुभएको थियो । उहाँ इजरायल र हमासबीचको कैदी आदानप्रदानका लागि तोकिएका प्रमुख अधिकारी हुनुहुन्थ्यो ।

सन् १९८५ फेब्रुअरी ११ मा जन्मेका र उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा हुर्केका ओबेदा एजेदिन अल–कसम ब्रिगेडको सदस्य बन्नु अघि सानै उमेरमा हमास आन्दोलनमा सामेल हनुभएको थियो । ओबेदा उत्तेजक र प्रभावशाली भाषणहरूका लागि परिचित मानिनुहुन्थ्यो ।

अबु ओबेदाको ज्यान गएकाे घोषणा गर्ने भिडियो पूर्व प्रवक्ताको विशिष्ट शैलीमा लुगा लगाएका एक नकाबधारी व्यक्तिले दिएका थिए । उनले भविष्यमा प्रवक्ताको रूपमा आफूले काम गर्ने पनि बताएका छन् । भिडियोमा उनले युद्धका क्रममा इजरायली आक्रमणमा हमासका अन्य चार कमान्डरको ज्यान गएको पनि घोषणा गरेका छन् ।

सम्बन्धित् समाचार