गृहपृष्ठ Featured बर्दियामा घाँस काट्न गएकी १७ बर्षिया बालिकाको बाघको आक्रमणबाट मृत्यु

बर्दियामा घाँस काट्न गएकी १७ बर्षिया बालिकाको बाघको आक्रमणबाट मृत्यु

बर्दिया ।

बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ बर्षिया बालिकाको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा कोठिया बस्ने बिनीता परियार रहेकी छन् ।

सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । आमा छोरी लगाएत पाँच जनाको समुहमा सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको थियो ।

छोरी उकालो चढेर आमालाई तान्दै गर्दा पछाडिबाट बाघले आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ । चिन्तजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले बताउनुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल चौधरीले प्रारम्भिक अनुसन्धानमा पाटेबाघ भएको अनुमान गरिएको बताउनुभयो । उहाँले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र चितुवा वा पाटेबाघले आक्रमण गरेको खुलासा हुने बताउनुभयो । आवश्यक प्रक्रिया पुरा गरी शवको पोष्टमार्टम आज नै हुने प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेका संख्या बढ्दै गएको छ ।

सम्बन्धित् समाचार