नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्।
उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ ले बनाएको मोर्चाको संज्ञा दिएका छन्।
‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,’ अध्यक्ष ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा भने।
ओलीले यसो भन्दा सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो।
उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गरे।
‘एमाले मात्र होइन, कांग्रेस पनि छ,’ उनले भने, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ।’








