गृहपृष्ठ Featured पाकिस्तानमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

पाकिस्तानमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा बुधबार बस र भ्यान ठोक्किदा मृत्यु हुनेको सङ्ख्या १४ जनाको पुगेको बताउदै १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

पशु चिकित्सा र पशु विज्ञान विश्वविद्यालयका खेलाडीहरू खेलकुद कार्यक्रममा भाग लिन लाहोर जाँदै गर्दा उनीहरू सवार बस झाङ जिल्लामा भ्यानसँग ठोक्किएर दुर्घटना भएको जिल्ला उपायुक्त अली अकबरले मिडियालाई बताउएका छन्।

ओभरटेक गर्ने प्रयास गर्दा दुवै गाडीको अत्यधिक गतिका कारण  एक आपसमा ठोक्किएर दुर्घटना भएको उनले पुष्टि गरे।

अधिकारीका अनुसार नौ जना यात्रुहरूको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो।

पलिल्लो समयमा पाकिस्तानमा सडक दुर्घटनाको ग्राफ चिन्ताजनक रुपमा बढ्दै गएको जनाइएको छ भने लापरवाहपुर्ण सवारी हाक्ने, खराब सडकको अवस्था र सिमित सवारी मर्मतलगायतका कारणले दुर्घटनाका दरहरू बढेको जनाइएको छ।

सम्बन्धित् समाचार