विजयनगर ।
विजयनगर गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाँउपालिकाको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्याक्रममा गाँउपालिकाले चालु आर्थिक वर्षको हालसम्म भएका कार्यको प्रगती विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष गोपाल थापा मगरले पालिकामा सबैको सहकार्य र समन्वय रहेमा काम गर्न सहज हुने बताउनुभयो । थापाले पालिकामा रहेका सबै जातजाती,धर्म, भाषाको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै कार्यक्रमबाट प्राप्त सल्लाह सुझावलाई अनुसरण गर्दै जाने बताउनुभयो ।
विजयनगरले शिक्षा तर्फ यसवर्ष धेरै बजेट ल्याउन सफल भएको भन्दै जेन्जी आन्दोलनका कारण भने ११ वटा विद्यालय र ५ वटा सडकको बजेट रोकिएको बताउनुभयो । ठाकुरापुर खोलाका तटबन्धको लागि अहिले बजेट कटौती भएतापनि यसैवर्ष प्राथामिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । गाँउपालिकाले ५० प्रतिशतमा स्वास्थ्य बिमा कार्यक्रम, खानेपानी अन्तरगत एक घर एक फिल्टर एक फिल्टर कार्यक्रम संचालनमा ल्याएको भन्दै यसलाई सबै क्षेत्रमा कसरी पुरयाउन सकिन्छ भन्नेबारे निरन्तर छलफलमा रहेको बताउनुभएको थियो ।
सार्वजनिक सुनुवाईमा स्थानीय लालु चौधरीले वडा नम्बर ७ मा अवस्थित खानेपानी ट्यांकी संचालनमा ल्याउन आग्रह गर्नुभएको थियो । यस्तै गौतम यादवले वडा नम्बर ७ मा रहेको बड्का तालमा पालिकाले ठेक्का लिएपनि स्थानीयले पैसा तिर्नुपरेकोमा त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । साथै पालिकाबाट विक्रि गरेका कृषि सामग्री उपभोक्तालेनै बेच्ने गरेको बताउनुभयो ।
यसैगरी गंगा कुमारी शर्माले तरकारी संकलनकेन्द्र संचालनका लागि माग गर्नुभयो भने निशा सिग्देलले आमालाई रात्रिकालिन कक्षा संचालन गर्दा अभिभावक शिक्षा कार्यक्रम प्रभावकारी बन्न सक्ने धारणा राख्नुभयो । स्थाीनय गुरु प्रसाद पासी, स्वस्तीका पन्थ लगाएतले विभिन्न सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा गाँउपालिकाको चालु आर्थिक वर्षको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै प्रमुख प्रसासकीय अधिकृत हिमलाल विश्वकर्माले चालु आ.वको अहिलेसम्म १८ प्रतिबश काम सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे, कृषि शाखा प्रमुख श्याम सुन्दर माली, वडा अध्यक्ष प्रेम बहादुर कलवार लगाएतले बोल्नु भएको थियो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दिपा महतले राख्नु भएको थियो भने संचालन सचिव सनि उल्ला धोबीले गर्नुभएको थियो ।
कार्यक्रममा नागरिक प्रतिबेदन दिपा महत र बर्हिगमन प्रतिबेदन नेपाल पत्रकार महासंघका सदस्य राम प्रकट कोरीले प्रस्तुत गर्नुभएको थियो ।







