बुर्किना फासाेविरुद्ध ३-० काे सहज जित निकाल्दै साविक विजेता आइभाेरी काेस्ट अफ्रिका कप अफ नेसन्सकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।
मंगलबार स्टेड डी माराकेचमा आइभाेरी काेस्टलाई जित दिलाउन अमाड डियालाे, यान डायोमान्डे र बाजुमाना टुरेले एक–एक गरे ।
खेलकाे २०औँ मिनेटमा डियालाेकाे गाेलमार्फत आइभाेरी काेस्टले अग्रता लिएकाे थियाे । १२ मिनेटपछि डायाेमान्डेले टाेलीकाे अग्रता दाेब्बर बनाए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा टुरेले गाेल गर्दै आइभाेरी काेस्टलाई ३–० काे जित दिलाए ।
आइभेरी काेस्टले क्वाटरफाइनलमा इजिप्टकाे सामना गर्नेछ । इजिप्टले बेनिनलाई ३–१ ले हराउँदै अन्तिम आठकाे यात्रा तय गरेकाे हाे ।
यससँगै प्रतियाेगिताकाे क्वाटरफाइनल समीकरण पूरा भएकाे छ । अन्य क्वाटरफाइनलमा सेनेगलले माली, क्यामरुनले माेरक्काे र अल्जेरियाले नाजेरियाकाे सामना गर्नेछन् ।







