राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने भएका हुन्।
जसअनुसार कांग्रेसको भागमा ९ जना परेको छ। एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।
कांग्रेसले टुंग्याएको सूची अनुसार काेशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्।
मधेसमा धनेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्।
बागमतीमा गीता देवकाेटा, गण्डकीमा तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्।
लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ।
सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।
एमालेले मधेसबाहेक अन्यत्र उम्मेदवार टुंग्याइसकेको छ। जसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ। दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।
फागुन २० गतेबाट रिक्त हुन लागेको १८ सिटका लागि उम्मेदवारी दर्ता भइरहेको हो।
निर्वाचन भने माघ ११ गते हुनेछ।







