गृहपृष्ठ Featured शितलहर बढेपछि कपिलवस्तुको विजयनगरमा दाउरा वितरण

शितलहर बढेपछि कपिलवस्तुको विजयनगरमा दाउरा वितरण

विजयनगर, २३ पौष ।

तराई क्षेत्रमा हुस्सु, कुहिरो र शितलहर बढ्दै गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाले पनि दाउरा वितरण गरेको छ ।

दिनहुँ चिसो बढ्दै गएपछि स्थानीयवासीलाई राहत दिन गाउँपालिकाले दाउरा वितरण गरेको हो ।

सात ओटै वडामा सेवाग्राही र आम सर्वसाधारणलाई मध्यनजर गर्दै गाउँपालिकाले वडा कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, सार्वजनिक स्थल, चोक तथा चौराहामा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ ।

गाउँपालिकाले गौतमबुद्ध साझेदारी बन उज्ज्वलपुरसँग ५ चट्टा दाउरा खरिद गरि वितरण गरिएको गाउँपालिकाका संयोजक अर्जुन बेल्बासेले जानकारी दिए । बेल्वासेको नेतरुत्वमा कर्मचारी खटाई सबै वडाका सार्वजनिक स्थानमा दाउरा वितरण गरिएको हो । केही बाँकी स्थानहररुमा दाउरा वितरण कार्य जारी रहेको छ ।

शितलहरका कारण वृद्धवृद्धा, बालबालिका तथा मजदुर वर्ग बढी प्रभावित हुने भएकाले आगो ताप्ने व्यवस्थालाई प्राथमिकतामा राखिएको गाउँपालिकाको भनाई छ ।

चिसोको प्रभाव कायमै रहेसम्म दाउरा वितरणलाई निरन्तरता दिइने पनि जनाइएको छ ।

सम्बन्धित् समाचार