दाङ- सुर्खेतबाट बुटवल जाँदै गरेको कार लमहीमा दुर्घटना भएको छ ।
प्रदेश ३ ६१४३ नम्बरको कार अनियन्त्रित भएर लमही बजार नजिक रहेको एक खोलामा खसेको छ ।
वीरेन्द्र नगर नगरपालिका- ४ का ३८ वर्षीय सुरज थापा र सोही ठाउँ निवासी ४३ वर्षीय कार चालक गगन बहादुर थापा दुर्घटनामा घाइते भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ ।







