गृहपृष्ठ Featured पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ खुल्यो

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ खुल्यो

पाल्पा सिमेन्ट इन्डस्ट्रिजले शुक्रबारदेखि पहिलो चरणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रभावितका रुपमा उद्योग रहेको क्षेत्र नवलपरासी पश्चिम, खानी रहेको क्षेत्र पाल्पा, रुपन्देहीस्थित देवदह नगरपालिकाका स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलाएको हो ।

प्रभावित क्षेत्रका स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारमा रहेकालाई ५ लाख ६२ हजार ५ सय कित्ता सेयर खुलेको हो । दुवै पक्षले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

प्रभावित स्थानीयले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा पुस ३० गतेसम्म र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सम्बन्धित् समाचार