गृहपृष्ठ Featured कुलमानले भने- सुदनले जबरजस्ती लगेर मिलाए, रास्वपाले एकतर्फी हटायो

कुलमानले भने- सुदनले जबरजस्ती लगेर मिलाए, रास्वपाले एकतर्फी हटायो

उज्यालो नेपाल पार्टी(उनेपा)का अध्यक्ष कुलमान घिसिङले सुदन गुरुङले आफूलाई जबरजस्ती लगेर रास्वपासँग एकता गराएको गुनासो गरेका छन्। शनिवार पत्रकार सम्मेलन गर्दै कुलमानले यस्तो बताएका हुन्।

‘समानुपातिकको अन्तिम दिन थियो १४ गतेको। राति ८–९ बजे थियो। हामीले समानुपातिक पनि दर्ता गर्न पाएनौँ,’ कुलमानले भने,‘त्यसबेला जेन–जीका भाइहरू सुुदन गुरुङलगायत मिल्नुपर्छ दाइ, यसरी हुँदैन भनेर म ५ बजे उहाँहरुसँगै गएर म जुनसुकै छोड्न तयार छु मिलौँ भनेको हुँ।’

सुदनले नै त्यो दिन जबरजस्ती गरेको उनले बताए। उनले अगाडि भने,‘उहाँहरूले जबरजस्ती लगेर चाहिँ त्यहाँ गएर म मिलेको हो। उहाँहरुकै अनुरोधअनुसार मिल्नुपर्छ भन्ने जेन–जीका साथीहरूको भावना सम्पूर्ण नेपालीको भावना कदर गर्नुपर्छ भनेर।’

सबै कुरा त्यागेर सहमति कायम गर्न निर्णय गर्दागर्दै रास्वपाले एकतर्फी एकता भंग गरेको उनले गुनासो गरे।

सम्बन्धित् समाचार