गृहपृष्ठ Featured कांग्रेस विशेष महाधिवेशन : २ हजार ३५ जनाले नाम दर्ता गरे

कांग्रेस विशेष महाधिवेशन : २ हजार ३५ जनाले नाम दर्ता गरे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाण्डाैको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता चलिरहेको छ ।

दोस्रो विशेष महाधिवेशनमा अहिले बेलुकी ५ बजेसम्म २ हजार ३५ जना प्रतिनिधिले नाम दर्ता गरेका छन् । दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया भइरहेको छ ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशमा रहेकाे जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाण्डाै, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन शुरू हुनुअघि सहभागीले काठमाण्डाैका विभिन्न ६ ठाउँबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशनको केहीबेर अगाडि भृकुटीमण्डमा उद्घाटनसमेत भएको छ ।

संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटनसत्रपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ ।

सम्बन्धित् समाचार