गृहपृष्ठ Featured बाणगंगामा नगद साढे २ लाख बढी रकमसहित ६ जुवाडे पक्राउ

बाणगंगामा नगद साढे २ लाख बढी रकमसहित ६ जुवाडे पक्राउ

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१० भावपुरमा सञ्चालनमा रहेको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

आईतबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–५ पिपरी चापा बस्ने ३५ वर्षीय दिलिप थापा, सोही पालिका–५ भैसाही बस्ने ३२ वर्षीय कमल थापा, सोही स्थान गौडी बस्ने ३३ वर्षीय दीपेन्द्र घर्ति मगर, बाणगंगा नगरपालिका–१० बनकट्टी बस्ने ३५ वर्षीय अर्जुन चौधरी तथा भावपुर बस्ने ३५ वर्षीय दिनेश थारु (रेष्टुरेन्ट सञ्चालक) रहेका छन्।

जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद रु. २ लाख ५६ हजार २ सय ९०,रुपैयाँसहित ६ थान मोबाइल तथा ३ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

 

 

घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

 

सम्बन्धित् समाचार