‘इरानी सरकारले मोबाइल, ल्यान्डलाइन र इन्टरनेट नेटवर्कमा प्रतिबन्ध लगाएको छ। एयरलाइन्सहरूले इरान जाने-आउने उडान सीमित वा रद्द गरिरहेका छन्। धेरै एयरलाइन्सले शुक्रबार जनवरी १६ सम्म सेवा स्थगन गरेका छन्।’
अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सञ्चारको वैकल्पिक माध्यम खोज्न सुझाव दिएको छ।
साथै सुरक्षित छ भने अमेरिकी नागरिकलाई आर्मिनिया वा टर्की हुँदै स्थल मार्गबाट इरान छाड्न पनि सल्लाह दिइएको छ।
इरानमा रहेका अमेरिकी नागरिकहरूलाई सूचनामा भनिएको छ, ‘यदि तपाईं इरान छाड्न सक्नुहुन्न भने सुरक्षित ठाउँ खोज्नुहोस्। खाना, पानी, औषधि र अन्य आवश्यक वस्तु जोहो गर्नुहोस्। प्रदर्शनबाट बच्नुहोस् र आफ्ना वरपर सचेत रहनुहोस्।’
इरानमा अमेरिकाको कूटनीतिक उपस्थिति छैन। अमेरिकाका लागि स्विट्जरल्यान्डले प्रोटेक्टिङ पावरका रूपमा काम गर्छ।
अमेरिकाको विदेश मन्त्रालयले इरानबारे जानकारी अमेरिकी भर्चुअल दूतावास (https://ir.usembassy.gov/) मार्फत दिन्छ।
इरानमा १७ दिनदेखि सरकारविरुद्ध जनप्रदर्शन भइरहेको छ।
यसैबीच इरानी सरकारको समर्थनमा पनि जुलुस निकालिएका छन्।