नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्।
आफूहरू एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा रहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।
‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ,’ पौडेल सामाजिक सञ्जालमा लेख्छन्, ‘हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं।’







