गृहपृष्ठ Featured अर्घाखाचीमा टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाचीमा टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची: 

अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार साँझ भुमिकास्थान नगरपालिका-३ ठुलाखर्कस्थित भित्री सडक खण्डमा लु २ ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले बताएका छन्।

गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक सडक बाट झन्डै ४ सय मिटर तल खसेर दुर्घटना भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित् समाचार