वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ लखनपारामा ७ औँ बाणगंगा नगरस्तरीय माघी (खिचडी) महोत्सव हुने भएको छ ।
थारु कल्याणकारिणी सभा बाणगंगा नगरकार्यसमितिको आयोजनामा हुने उक्त माघि महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने थारु कल्याणकारिणी सभा बाणगंगाका कार्यवाहक अध्यक्ष ऋषिराम थारुले जानकारी दिनुभयो ।

उहाँले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत थारु संस्कृति, परम्परा र पहिचानको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्नुहुनेछ ।
उहाँले महोत्सवको उद्घाटन दिनमा बृहत रक्तदान कार्यक्रम समेत राखिएको जानकारी दिदैं महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली, विविध सांस्कृतिक प्रस्तुति, थारु खानपानको प्रदर्शनी तथा बिक्री, थारु सीप तथा हस्तकलाको प्रदर्शन लगायत कार्यक्रमहरू समावेश गरिने बताउनुभयो ।
यसैगरी झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी–विरहनी गीत तथा रेकर्ड डान्स जस्ता थारु संस्कृति झल्कने आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो । कार्यबाहक अध्यक्ष थारुले एसईई र प्लस टु मा उत्कृष्ट नतिजा ल्याउने थारु समुदायका विद्यार्थी र नेपाल सरकारबाट अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले माघी पर्व विभिन्न समुदायसँग घुलमिल हुने साझा पर्व भएकाले यसले नेपाली पर्वको एकताको सन्देश दिने बताउनुभयो । “थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको छ। यस वर्ष थारु संवत् २६४८ लाई विदाइ गर्दै २६४९ लाई भव्य रूपमा स्वागत गर्ने तयारी गरेका छौँ ।” उहाँले भन्नुभयो ।
उहाँले माघी महोत्सव थारु समुदायको मौलिक पहिचान झल्काउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै, हराउँदै गएको थारु संस्कार, संस्कृति र परम्पराको संरक्षणमा यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले माघी महोत्सवले सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता सांस्कृतिक महोत्सवहरूले समुदायबीच एकता बढाउनुका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताउनुभयो ।
उक्त पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले गर्नुभएको थियो ।







