कपिलवस्तु ।
सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८ औ साधारण सभा तौलिहवामा सम्पन्न भएको छ ।
सभाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले उदघाटन गर्दे महिलाहरु कै अगुवाइएमा रहेको यो सहकारी नमुना बनेको बताए । उनले कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेको महिलाहरुलाई एकीकृत गरी उदाहराणीय काम गरेको बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले महिलाहरुकै अगुवाईमा रहको यो सहकारी नगरपालिका कै नमुना सहकारी रहेको बताए ।
देशभर सहकारीका अनेकौ अनियमितताको घटना बाहिर आए पनि यो संस्थाप्रति सबैको बिश्वास कायम रहेको बताए । बचत संकलन र ऋण प्रवाह गरी बिपन्न महिलाको आयआर्जनमा यसले ठुलो योगदान दिएको उनले बताए । संस्थाको आयब्यय प्रतिबेदन संस्थाकी ब्यवस्थापक लक्ष्मी पराजुली प्रस्तुत गरेकी थिईन ।
१ हजार २५० शेयर सदस्य रहेको संस्थामा २ करोड ४३ लाख ८३ हजार बचत संकलन गरी २ करोड ६७ लाख ८३ हजार ऋण लागनी गरेको छ ।
सस्थाकी अध्यक्ष शुसमा गुरागाईको अध्यक्षता कमला भण्डारीको संचालनमा भएको कार्यक्रममा संस्थाकी पुर्व अध्यक्षहरु शारद पराजुली र बिजय लक्ष्मी सिंह सुसमा रेग्मी, पुष्पा रेग्मीको सहभागीतिा थियो ।







