गृहपृष्ठ Featured विशेष महाधिवेशनले अनुमोदन गरेको नेतृत्व नै आधिकारिक कांग्रेस: गगन थापा

विशेष महाधिवेशनले अनुमोदन गरेको नेतृत्व नै आधिकारिक कांग्रेस: गगन थापा

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षबाट कारबाहीमा परेका महामन्त्री गगन थापाले विशेष महाधिवेशन भइरहेको स्थल भृकुटीमण्डप पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गरेका छन्।

उनले आफूले सहमतिको हरसम्मव प्रयास गरेको बताएका छन्।

विशेष महाधिवेशनबाट विगठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रुपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौँ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हलले खारेज गरेको छ।

विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक रहने पनि थापाले बताएका छन्।

उनले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको पनि बताएका छन्। कांग्रेसको विशेष महाधिवेशनले चयन गर्ने नेतृत्व नै आधिकारिक रहेको पनि थापाले बताए।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे बुधबार नै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ।

सम्बन्धित् समाचार