गृहपृष्ठ Featured स्टन्टबाजीमा नझुक्किनुहोला, नयाँहरू पुरानाभन्दा खतरनाक : सुमन सायमि

स्टन्टबाजीमा नझुक्किनुहोला, नयाँहरू पुरानाभन्दा खतरनाक : सुमन सायमि

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिले नयाँ भनिएकाहरू पुरानाभन्दा खतरनाक हुन सक्ने बताएका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै सायमिले इतिहासले पनि बारम्बार चेतावनी दिएको बताउँदै स्टन्टबाजमा झुक्किन नहुने बताएका हुन्।

‘क्षणिक स्टन्टबाजीमा नझुक्किनुहोला । नयाँ भन्दैमा पुराना भन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ । नयाँहरु पुराना भन्दा झनै धेरै खतरनाक हुन सक्छ,’ उनले भने।

उनले भिड सँधै सही नहुने पनि बताए।

‘आकर्षक नाराले मुक्ति दिँदैन । हामी भावना, भीडले होइन, स्टन्टले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितको आधारमा निर्णय गर्न यहाँ आएका हौं,’ सायमिले भने।

नेता सायमिले जनताको मुक्ति आफूहरुको चाहना भएको र त्यो नेपाली कम्युनिष्ट पार्टीले मात्रै पुरा गर्न सक्ने दाबी गरे। –न्युज एजेन्सी नेपाल

सम्बन्धित् समाचार