आधिकारिकताको दाबीबीच सभापति शेरबहादुर देउवानिकटको नेपाली कांग्रेसले विशेष महाधिवेशनपक्षका ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेको छ ।
शुक्रबार निर्वाचन आयोग पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी ८८५ जनाको हस्ताक्षर फिर्ता भएको निस्सा नै आफूहरूसँग भएको दाबी गरेका हुन् ।
१४औँ महाधिवेशनका ४ हजार ७४३ मध्ये विशेष पक्षले २ हजार ४८८ महाधिवेशन प्रतिनिधिका हस्ताक्षर जुटाएका थिए । यही प्रतिनिधिको आधारमा २७–३० पुससम्म भृकुटीमण्डपमा गगनकुमार थापा नेतृत्व कांग्रेसमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । यही निर्वाचनपछि दुवै पक्ष आधिकारिक दाबी गर्दै आयोग पुगेका छन् ।
तर, विशेषपक्षले बहुमत महाधिवेशनको प्रतिनिधिको उपस्थितिमा नयाँ नेतृत्व चयन गरेको दाबी गरेको छ ।








