गृहपृष्ठ Featured गगनले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

गगनले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले गगनकुमार थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । योसँगै नेपाली कांग्रेसको आधिकारिकता विवाद आयोगबाट टुंगिएको छ ।

शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापापक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए । शेरबहादुर देउवापक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएका थिए ।

दुवै निवेदनपछि गगन थापाले नेतृत्व गरेको कांग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो ।

सम्बन्धित् समाचार