कालिकोट – कालिकोटको सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा हिजो बेलुका भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
भे १ ज २८९८ नम्बरको जीप उकालोमा ब्याक भएर दुर्घटना हुँदा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका २७ वर्षीय देपेन्द्र शाही र सहचालक कालिकोटको शुभकालिका–२ का २५ वर्षीय नवराज शाहीको ज्यान गएको कालिकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभएको छ ।
उहाँका अनुसार तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । जीप डिजेल बोकेर पान्तडी जाँदै थियो ।







