गृहपृष्ठ Featured कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीहरुद्धारा शपथ ग्रहण

कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीहरुद्धारा शपथ ग्रहण

सागर वि.क., कपिलवस्तु ।

कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको पाँचौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । शनिबार अस्पताल परिसरमा आयोजित शपथ ग्रहण समारोहमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अधिवेशनबाट अध्यक्ष पदमा विष्णु प्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी, उपाध्यक्षमा जीवन सुवेदी, महासचिवमा भिष्मराज भुसाल, सचिवमा सूर्य प्रसाद बराल र कोषाध्यक्षमा गोपालमणि जवाली निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा मिना कुमारी सेन, दलबहादुर कुँवर, दुर्गा सिंह थापा, मुक्तिराम कँंडेल, नेत्र बन्जाडे, अनिल राज आचार्य, दिनानाथ पाण्डे र लक्ष्मण प्रसाद शर्मा निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष विष्णु प्रसाद न्यौपानेले कपिलवस्तु सामुदायिक अस्पताललाई जनमैत्री, पारदर्शी र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अस्पतालको भौतिक पूर्वाधार सुदृढीकरण, सेवा विस्तार तथा आर्थिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

उक्त सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक अस्पताल स्थानीय जनताको भरोसाको केन्द्र भएको उल्लेख गर्दै नयाँ समितिको नेतृत्वमा अस्पतालले अझ प्रभावकारी सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाले अस्पतालको विकास, सेवा सुधार र स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

निर्वाचन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार