गृहपृष्ठ Featured घोराहीका प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घोराहीका प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दाङ ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाँकेको मालपोत अधिकृत हुँदा केसीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । केसीसँग २२ लाख ४२ हजार ७ सय २० बिगो माग दाबी गरिएको छ ।

अख्तियारले केसीसहित ९ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन मालपोत अधिकृतहरू ऋषिराम केसी र अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल, नायव सुब्बा कर्णबहादुर पुन, साबिक बेतहनी गाविसका सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिका-२ का लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई प्रतिवादी बनाएको छ ।

सम्बन्धित् समाचार