गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सवमा निशुल्क सिमकार्डका साथै जेष्ठ नागरिकलाई निशुल्क प्रवेश

एघारौं कपिलवस्तु महोत्सवमा निशुल्क सिमकार्डका साथै जेष्ठ नागरिकलाई निशुल्क प्रवेश

मंसिर १९ गते अर्थात विहीवार देखि सुरु हुन लागेको एघारौं कपिलवस्तु महोत्सवमा नेपाल टेलिकमले निशुल्क सिम वितरण गर्ने भएको छ । युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा संमृद्धि भन्ने मुल नाराका साथ आयोजित एघारौं कपिलवस्तु महोत्सवमा विगत भन्दा फरक पन दिनका लागि टेलिकमले आयोजक संगको समन्वयमा सिमकार्ड वितरण गर्न लागेको हो ।

सिम लिन आउदाँ एकप्रति नागरिकताको फोटो कपि र पासपोर्ट साईजको फोटो लिएर आउन आग्रह गरिएको छ । बाणगंगा स्पोटस एण्ड वेलफेयर सोसाईटिले बुद्ध रंगशालामा आयोजना गरेको यस बर्षको महोत्सवले बालबालिका,युवा युवति ,वृद्ध वृद्धा हरुलाई फरकपन दिने आयोजकले दावि गरेको छ ।

 

जेष्ठ नागरिकको परिचय पत्र साथमा लिएर मेला अवलोकन गर्न आएमा त्यस्ता जेष्ठ नागरिक लाई आयोजकले निशुल्क अवलोकनको व्यवस्था मिलाईएको संयोजक राजकुमार खाँणले जानाकारि दिए । साथै महोत्सवको पहिलो दिन अवलोकन गर्न आउने सबै अवलोकन कर्तालाई आयोजकले डाबरको लिची जुस वितरण गर्ने भएको छ ।

सम्बन्धित् समाचार