पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरूलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका हुन् । ‘ठुलो सङ्ख्यामा रहेका पार्टी सदस्यहरूलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ ’ शाहीले भने ‘यसबाट पार्टीका सङ्गठित सदस्यहरूले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूति गर्ने विश्वास गरिएको छ ।’
देशमा विध्वंस र आगजनी गर्नेहरूलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुर्याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ ।
