राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्।
सोमबार बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।
तीमध्ये स्थानीय वीरसिंह ऐरीको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको डिएसपी पातलीले बताए।
‘गाडीको पछाडि धेरै युवाहरू बसेका थिए,’ डिएसपी पातलीले भने, ‘एकले अर्कालाई समातेर बसेका उनीहरू गाडी अगाडि बढ्ने क्रममा हुत्तिएर लडेका थिए।’








