वैखरी अनलाइन, कपिलवस्तु ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्बाचनलाई मध्यनजर गर्दै कपिलवस्तुको तौलिहवामा स्थित कांग्रेस पार्टी कार्यालयमा सम्पन्न कांग्रेस कपिलवस्तुको भेलाले नेपाली कांग्रेसका नेता तथा क्षेत्र नः २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठको नेतृत्वमा निर्बाचन क्षेत्र नम्बर २ मा क्षेत्रीय प्रचारप्रसार सतिति गठन गरिएको छ ।
भेलाले परिवर्तित कांग्रेसले अब नया जोश जाहर र उत्साह सहीत पार्टीको उम्मेदवार सुरेन्द्रराज आचार्यलाई जितााउन हर संभव प्रयास गर्ने निर्णय गरिएको छ ।
सो अवसरमा सम्बोधन गर्दै मधेसको सेन्टीमेन्ट क्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसको पुत्रकोरुपमा दुहाही दिदै आगामी प्रधानमन्त्रीकारुपमा बालेनलाई उर्तानु कुनै ठुलो कुरा नभएको जिकिर गर्दै कांग्रेसले देशकै सबोच्च पद राष्ट्रपतिमा मधेसी समुदायका राम बरण यादवलाई राष्ट्रपति बनाई सकेको बताए ।
उनले कांग्रेसले शक्ति मधेसमै रहेकोले कांग्रेसले मधेसलाई सधै सम्मान गर्दै आएको बताए । उनले नया पार्टीकारुपमा उदाएको रास्वपाको अहिले केही चर्चा चलेको तर सो पार्टीले देशमा केही गर्न नसक्ने बताए । बालेन चर्चित भए पनि परिपक्व नेता नभएको र रबि लामिछाने आफै सहकारी सम्बन्धी मुद्दामा ओरोपी भएकोले जनताले यो कुरा राम्ररी बुझेको बताए । उनले बलिएको कांग्रेसले भावी प्रधानमन्त्रीकारुपमा पार्टी सभापति गगन थापालाई उतारे पछि देशभर कांग्रेसको माहेल बनेको बताए ।
उनले लोकतन्त्र, स्थायी शान्ति, सुशासन, विकासकालागि कांग्रेसलाई मतदान गर्न अपील गरे ।
उनले झिना मसिना कुरा र बिवाद सबैलाई बिर्सेर कांग्रेसलाई मजबुत गराउन सबै अग्रसर हुने पर्ने बताए । सो अवसरमा कांग्रेस जिल्ला सभापति अब्दुल कलाम, नगर सभापति खुर्सेद अहमद खा, रबि ठाकुर दिनेश पाण्डेय, रिना नेपाल प्रकाश गैरे लागतयले पार्टीलाई एकबद्ध गराई आगामी निर्बाचनमा कांग्रेसलाई जिताउनु पर्नेमो जोड दिएका थिए ।








