नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शनिबार मध्यरातबाट लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरको ३ रुपैयाँ बढाएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.१२, डिजेलमा ४.६६ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४५.४९ ले बढेर आएको निगमले जनाएको छ ।
त्यस्तै हवाई इन्धनमा प्रतिलिटर १०८ रुपैयाँले घटेर आएको छ । डिजेलमा प्रतिलिटर ४.६६ रुपैयाँले बढेर आएको भए पनि आमउपभोक्तको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल मट्टीतेलमा ३ रुपैयाँ मात्र बढाइएको निगमले जनाएकाे छ ।









