गृहपृष्ठ Featured कपिलवस्तु- १ : विदेशमा रहेका मतदातासँग अन्तरक्रिया गर्दै आशिष शर्मा

कपिलवस्तु- १ : विदेशमा रहेका मतदातासँग अन्तरक्रिया गर्दै आशिष शर्मा

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले विदेशमा रहेका यस क्षेत्रका मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्न आह्वान गरेका छन्।

मंगलबार भिडियो सन्देश सार्वजनिक गर्दै उनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण विदेशमा रहेका मतदाताको आवाज र सुझाव आफ्नो चुनावी अभियानका लागि महत्वपूर्ण रहेको बताएका छन्।

शर्माले देशबाहिर रहे पनि मतदाताको भावना, समस्या र अपेक्षा नजिकबाट बुझ्न चाहेको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत अनलाइन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनले उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि विदेशमा रहेका मतदातालाई आग्रह गरेका छन्।

“कपिलवस्तुको भविष्य निर्माणमा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको भूमिका महत्वपूर्ण छ,” उनले भिडियो सन्देशमा भनेका छन् ।

शर्माले विकास, सुशासन र अवसर सृजनाका विषयमा साझा धारणा संकलन गरिने विश्वास व्यक्त गरे।

अन्तरक्रियाबाट प्राप्त सुझाव र धारणा आगामी कार्ययोजना तथा चुनावी प्रतिबद्धतामा समेटिने उनले बताए। स्वतन्त्र उम्मेदवार शर्माले समावेशी, पारदर्शी र नागरिक–केन्द्रित राजनीति आफ्नो मुख्य एजेन्डा रहेको पनि स्पष्ट पारेका छन्।

सम्बन्धित् समाचार