वैखरी अनलाइन, कपिलवस्तु ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता रहेका छन ।
जिल्ला निर्बाचन कार्यालय कपिलवस्तुले जारी गरेको प्रारम्भिक बिवरण अनुसार यसमा केही थपिन सक्ने जनाइएको छ ।
समानुपातिकतर्फ मतदान गर्नका लागि हालसम्म संकलन गरिएको संख्या अनुसार जिल्लामा उक्त संख्यामा अस्थायी मतदाता रहेको पाइएको जिल्ला निर्बाचन कार्यालयका प्रबक्ता निश्चल मोक्तानले बताए ।
जिल्लामा कार्यरत सुरक्षाकर्मी, निजामति र संस्थान अन्तरगतका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदीबन्दीको विवरण संकलन गरेर नामावली प्रकाशित गरिएको उनले बताए।
यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको संख्या र नामावली माग गरेको थियो। तीमध्ये नेपाल प्रहरीको नामावली अझै प्राप्त नभएकोले यो संख्या बढ्ने उनले बताए।







