गृहपृष्ठ Featured भारतलाई अमेरिकासँग सूर्यकुमारले जोगाए

भारतलाई अमेरिकासँग सूर्यकुमारले जोगाए

टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा भारतले अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेको छ। खराब सुरुवातका बाबजुद कप्तान सूर्यकुमार यादवले ८४ रनको अविजित इनिङ खेलेपछि भारतले १ सय ६१ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। जवाफमा अमेरिका १ सय ३२ रनमा समेटिएपछि भारतले २९ रनको जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि सूर्यकुमार बाहेक कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। इशान किशनले २० रन र तिलक वर्माले २५ रन बनाउँदा अर्को दोहोरो अंकका रूपमा अक्षर पटेलले १४ रन बनाए। तर कप्तान यादव अन्तिमसम्म संयमित रहँदै ९ बलमा १० चौका र ४ छक्काको सहयोगमा ८४ रनमा अविजित रहँदा भारतको संकट टरेको थियो।

अमेरिकाका लागि स्याड्ली भान साल्कवेकले ४ विकेट लिँदा हर्मीत सिंहले २ तथा मोहम्मद मोहिसीन र अली खानले १–१ विकेट लिए।

१ सय ६२ रनको लक्ष्य लिएर मैदान उत्रिएको अमेरिका पनि खराब सुरुवातको सिकार भयो। तर मध्यक्रम सम्हालिँदा उसले खेलमा फर्किने प्रयास गरेको थियो। उसका लागि मिलिन्द कुमारले ३४ रन बनाउँदा सञ्जय कृष्णमुर्थीले ३७ तथा शुभम रञ्जनीले ३७ रन बनाए।

अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले २–२ विकेट लिए। अर्को एक विकेट वरुण चौधरीको नाममा रह्यो।

सम्बन्धित् समाचार