गृहपृष्ठ Featured रुपन्देही–२: घरदैलोमा हिंडेका रास्वपा उम्मेदवारविरुद्ध सहकारी पीडितले गरे नाराबाजी

रुपन्देही–२: घरदैलोमा हिंडेका रास्वपा उम्मेदवारविरुद्ध सहकारी पीडितले गरे नाराबाजी

२८ माघ, बुटवल ।

रुपन्देही–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

मंगलबार दिउँसो बुटवल ११ होराइजन चोकमा खरेल मत माग्न हिंड्दै गरेको थाहा पाएर पीडितहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए ।

पीडितहरूले सुप्रिम सहकारीको बचत अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कस्ले पूरा गर्छ’?,  ‘सिंहदरबार किन जलाएको ?’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए ।

तर सहकारी पीडित जम्मा भएको थाहा पाएपछि उम्मेदवार खरेल आफूहरू रहेको ठाउँबाट सय मिटर दूरीमा रहेको एल डोराडो रेष्टुरेन्टभित्र गएर बसेका पीडितमध्येका एक सोनु श्रेष्ठले बताए ।

सहकारी पीडित देखेपछि खरेल एक घण्टासम्म रेष्टुरेन्टबाट बाहिर ननिस्केपछि आफूहरू त्यहांबाट हिंडेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार