नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले स्लामावाद युनाइटेडबाट पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।
बुधबार सम्पन्न अक्सनबाट स्लामावादले सिंहलाई अनुबन्ध गरेको हो । उनी ३१ लाख नेपाली रुपैयाँमा अनुबन्ध भएका छन् ।
अलराउन्डर सिंह अहिले आईसीसी पुरुष टी– २० विश्वकपका लागि भारतमा रहेका छन् ।








