गृहपृष्ठ Featured वेस्टइन्डिजलाई नेपालले दियो १३४ रनको लक्ष्य

वेस्टइन्डिजलाई नेपालले दियो १३४ रनको लक्ष्य

काठमाडौं :आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले १३४ रनको लक्ष्य दिएको छ।

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो। नेपालले ८ विकेट गुमाएर १३३ रन बनायो।
ओपनर कुशल भुर्तेल छिट्टै १ रनमा आउट हुँदा आसिफ शेखले ११ रन जोड्दै केही समय टिके पनि ठूलो पारी खेल्न सकेनन्। कप्तान रोहित पौडेल ५ रनमा एल्बीडब्ल्यू आउट भएपछि नेपाल दबाबमा परेको थियो।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा ५८ रन बनाए। उनले ३ चौका र ३ छक्का प्रहार गर्दै इनिङ्स सम्हाले। लोकश बामले १३ तथा गुलशन झाले ११ रनको योगदान दिए पनि अरिफ शेख २ रनमा आउट भए।
सोमपाल कामीले आक्रामक शैलीमा खेल्दै अविजित २६ रन (१५ बल) बनाए। उनले ४ चौका प्रहार गर्दै टोलीको स्कोर उकासे। करण केसी १ रनमा आउट भए।
समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ। नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो।
वेस्टइन्डिज दुईपटकको विश्वकप विजेता टिम हो। वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो।

सम्बन्धित् समाचार