काठमाडौं ।
टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको ‘हाई भोल्टेज’ खेल जारी छ ।
कोलम्बोस्थित आर प्रेमादासा मैदानमा जारी खेलमा भारतले पाकिस्तानलाई १७६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोड्यो । इशान किशनले विष्फोटक पारी खेले । ४० बल खेलेका उनले १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे ।
यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ तथा तिलक वर्माले २५ रन बनाए । शिवम दुबेले १७ बलमा २७ रनको योगदान दिए । रिंकु सिंह ११ रनमा अविजित रहे । विरामी भएर आजको खेलमा पुनरागमन गरेका अभिषेक शर्मा भने खाता नखोली पभेलियन फर्किए । यस्तै, हार्दिक पाण्ड्या पनि शून्य रनमै आउट भए ।
बलिङतर्फ पाकिस्तानका सइम अयुवले तीन तथा सलमान अघा र उस्मान तारिकले एक–एक विकेट लिए ।








