गृहपृष्ठ Featured यौन प्रकरणमा पक्राउ परेका बेलायतका राजाका भाइ रिहा

यौन प्रकरणमा पक्राउ परेका बेलायतका राजाका भाइ रिहा

बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई प्रहरीले रिहा गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा उनलाई बिहीबार पक्राउ गरिएको थियो। यद्यपि उनीविरुद्धको अनुसन्धान जारी रहनेछ।

बीबीसीका अनुसार बिहीबार साँझ जारी विज्ञप्तिअनुसार थेम्स भ्याली प्रहरीले एन्ड्रयुलाई ‘अनुसन्धानमै रहने गरी’ रिहा गरिएको हो।

एन्ड्रयुको गिरफ्तारीप्रति प्रतिक्रिया दिँदै राजा चार्ल्स तृतीयले भने, ‘कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ।’

उनले प्रहरीलाई आफ्नातर्फबाट ‘पूर्ण समर्थन र सहयोग’ रहेको पनि उल्लेख गरेका छन्।

यौन अपराध गरेका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित दस्तावेजमा एन्ड्रयु पनि जोडिएकाले उनी अनुसन्धानमा तानिएका हुन्।

अमेरिकी सरकारले हालै जारी गरेको कागजातमा एपस्टिन र एन्ड्रयुबिचको कुराकानी पनि छ।

सम्बन्धित् समाचार