गृहपृष्ठ Featured रोल्पा जिप दुर्घटना : घाइते थप एक जनाको उपचार क्रममा मृत्यु

रोल्पा जिप दुर्घटना : घाइते थप एक जनाको उपचार क्रममा मृत्यु

रोल्पामा भएको जिप दुर्घटनामा परी घाइते  एक जनाको मृत्यु उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका–३ की ६० वर्षीया भिमु राना मगरको उपचारका क्रममा रुपन्देहीको बुटवलमा  मृत्यु भएको हो।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार संभव नभएपछि थप उपचारका लागि मगरलाई बुटवल रिफर गरिएको थियो । उपचारका क्रममा घाइतेको बुधबार बेलुका मृत्यु भएको डिएसपी वीरेन्द्रविर विश्वकर्माले बताए।

दुर्घटनास्थलमै जिल्लाको परिवर्तन गाउँपालिका–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको थियो ।

मंगलबार बिहान रोल्पाको रुण्टीगढी गाउँपालिका–५ र दाङको घोराही उपमहानगरपालिका–१९ को सिमानामा लु १ ज ४८५४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो। जिप सडकदेखि झन्डै १५० मिटर तल खसेको थियो ।

सम्बन्धित् समाचार