गृहपृष्ठ Featured कपिलवस्तुमा चुनावको मुखैमा रास्वपा त्यागेर २० युवा एमाले प्रवेश

कपिलवस्तुमा चुनावको मुखैमा रास्वपा त्यागेर २० युवा एमाले प्रवेश

कपिलवस्तु ।

नविन अर्यालको नेतृत्वमा २० जना युवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन्।

विजयनगर गाउँपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा नवप्रवेशी युवाहरूलाई राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले स्वागत गरेको हो। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले देशको विकास, राजनीतिक स्थिरता र स्पष्ट वैचारिक दृष्टिकोणका कारण आफूहरूले एमाले रोजेको बताएका छन्। उनीहरूले ‘समृद्ध नेपाल’ निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस अवसरमा एमालेका स्थानीय नेताहरूले युवाहरूको आगमनले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गर्दै संगठन विस्तार, जनपरिचालन र विकास अभियानमा सक्रिय सहभागिताको अपेक्षा गरेका छन्।

नविन अर्यालले युवाहरूको साथ र एकताले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै आगामी दिनमा जनमुखी कार्यक्रमलाई तीव्रता दिइने बताए।

सम्बन्धित् समाचार