गृहपृष्ठ Featured चट्याङ लागेर एक दशकमा एक हजारभन्दा धेरैकाे ज्यान गयाे

चट्याङ लागेर एक दशकमा एक हजारभन्दा धेरैकाे ज्यान गयाे

साङ्केतिक तस्वीर

काठमाण्डाै – नेपालमा बितेको १२ वर्षमा चट्याङका घटनाबाट १ हजार ७३ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रकाअनुसार २०७० सालदेखि २०८२ फागुन मसान्तसम्म देशभर ३ हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन् । ती घटनामा ३ हजार ४०८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माकाअनुसार चट्याङका कारण वार्षिक औसत ६७ जनाको ज्यान जाने गरेको छ । मनसुन र प्रि–मनसुन अवधिमा यस्ता घटना बढी हुने भएकाले सचेतना अपनाउन उहाँको आग्रह छ ।

कालो बादल लाग्नु, अचानक चिसो हावा चल्नु र टाढाबाट गड्याङगुडुङको आवाज सुनिनु चट्याङ आउन लागेका प्रमुख सङ्केत हुन् । यस्तो अवस्थामा घरबाहिर ननिस्कन, रुख वा बिजुलीका पोल नजिक नजान र खेतबारीको काम तुरुन्त रोक्न शर्माको आग्रह छ ।

सम्बन्धित् समाचार