गेटी इमेजेज
काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ६ जना सामान्य छन् भने एकजनाको अवस्था गम्भीर छ ।
अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ । घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको पनि समाचारमा उल्लेख छ ।
यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । यसअघि गएको फागुनमा इरानको ड्रोन हमलामा परी यूएईमा एकजना नेपालीको ज्यान गएको थियो ।






